देश
दैलेख १ मा कांग्रेसको सुरुवाती अग्रता, पछ्याउँदै एमाले

सुर्खेत । दैलेख क्षेत्र नं १ को प्रारम्भिक मत गणनामा नेपाली कांग्रेसकी उम्मेदवार बासना थापाले प्रारम्भिक अग्रता लिएकी छन् ।
यहाँको १ हजार ६४० मत गणना हुँदा कांग्रेसकी उम्मेदवार थापाले झिनो ५५ मतको अन्तरले अग्रता लिएकी हुन् ।
थापाले ६ सय चार मत ल्याउँदा नेकपा (एमाले)का रवीन्द्र शर्माले ५ सय ४९ मत ल्याएका छन् । तेस्रोमा रहेका रास्वपाका नन्दकिशोर बस्नेतले ३ सय ३२ र नेकपाका अमरबहादुर थापाले ३३ मत ल्याएका छन् ।



