मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
काठमाडौं–५, ९ र १० मा रास्वपा अघि – Pradesh Dristhi
देश

काठमाडौं–५, ९ र १० मा रास्वपा अघि

काठमाडौं । पछिल्लो मतपरिणामअनुसार काठमाडौं क्षेत्र नं ५, ९ र १० मा राष्ट्रिय स्वतन्त्र पार्टी अगाडि रहेको छ । उक्त पार्टीका सस्मित पोखरेलले ६ हजार ८३४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका प्रदीप पौडेलले दुई हजार २३१ र नेकपा (एमाले)का ईश्वर पोखरेलले एक हजार २०७ मत प्राप्त गरेको निर्वाचन अधिकृत श्रद्धा रिजालले जानकारी दिइन् ।

यसैगरी, क्षेत्र–१० मा सोही दलका प्रदीप विष्टले छ हजार ६६० मत प्राप्त गरेको निर्वाचन अधिकृत अमृताकुमारी शर्माले बताइन् । नेपाली कांग्रेसका हिमाल कार्कीले एक हजार ३४८, राष्ट्रिय प्रजातन्त्र पार्टीका बलराम थापाले एक हजार ५९ र नेकपा (एमाले)का विनोद श्रेष्ठले एक हजार एक मत प्राप्त गरेका छन् ।

निर्वाचन क्षेत्र नं ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका डोलप्रसाद (डिपी) अर्यालले दुई हजार ७०२ मत प्राप्त गरेका छन् । नेपाली कांग्रेसकी नानुमैया बाँस्तोलाले ४७० र नेकपा (एमाले)का अजयक्रान्ति शाक्यले ३६४ मत प्राप्त गरेका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker