मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
जेनजी आन्दोनमा सहभागीले गरे मतदान बहिस्कार – Pradesh Dristhi
देश

जेनजी आन्दोनमा सहभागीले गरे मतदान बहिस्कार

काठमाडौँ । गत भदौमा भएको जेनजी आन्दोलनमा सक्रिय सहभागी २७ वर्षीय मनोज थापाले आज भइरहेको प्रतिनिधिसभा निर्वाचनमा मतदान नगर्ने निर्णय गरेका छन्। एउटा बुथ नजिकै आफ्नो चिया पसल अगाडि उभिएर उनले मतदाताहरूको ताँतीलाई नियालिरहेका छन्, तर उनको मनमा चुनावप्रति कुनै उत्साह छैन।

भोट नहाल्नुको कारणबारे सोधिएको प्रश्नमा मनोजको आक्रोश र निराशा प्रस्टै सुनिन्छ। उनी भन्छन्, ‘मैले यो देशमा पुँजीवादीहरूले शासन गरेको देखेँ, कम्युनिस्टहरूले सत्ता चलाएको पनि देखेँ र माओवादीहरू आएको पनि हेरेँ। तर, आखिर उनीहरूले के गरे त?’

उनको बुझाइमा नेतृत्वमा पुगेकाहरूले जनताको सेवा गर्नुको सट्टा सत्ताको स्वाद मात्रै चाखेका छन्। उनले नेता शासक होइन, जनताको सेवक हुनुपर्ने धारणा राख्छन्।

मनोजको दृष्टिमा नेपाल यस्तो हुनुपर्छ जहाँ शिक्षा प्रणाली झुटमा टिकेको नहोस्, स्वास्थ्य क्षेत्रमा नक्कली चिकित्सकहरूको रजगज नहोस् र देशको सार्वभौमिकता रक्षा गर्न सक्ने सक्षम सेना होस्। ‘सबैभन्दा पहिले हामीले नातावाद अन्त्य गर्नुपर्छ,’ उनी थप्छन्।

जेनजी पुस्ताका युवाहरू नै देशको भविष्य भएको र उनीहरूलाई अगाडि नबढाई देशमा वास्तविक परिवर्तन नआउने उनको ठम्याइ छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker