मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पाँच दिनपछि पुनः सञ्चालनमा आयो इजरायलको मुख्य विमानस्थल – Pradesh Dristhi
देश

पाँच दिनपछि पुनः सञ्चालनमा आयो इजरायलको मुख्य विमानस्थल

तेल अभिभ । इजरायलको मुख्य विमानस्थल बेन गुरियन विमानस्थल पाँच दिनपछि पुनः सञ्चालनमा आएको छ । इजरायल र अमेरिकाले इरानविरुद्ध संयुक्त सैन्य आक्रमण सुरु गरेपछि उक्त विमानस्थल बन्द गरिएको थियो ।

बिहीबार बिहान  विदेशीमा अलपत्र परेका इजरायली नागरिकलाई स्वदेश फर्काउने पहिलो उडान यहाँ अवतरण गरेको थियो । इजरायली एयरलाइन्सहरूले विदेशमा अलपत्र भएर बसेका करिब १ लाख इजरायलीलाई क्रमशः स्वदेश फर्काउने तयारी गरिरहेका छन् ।

इजरायलले शनिबार आफ्नो हवाई क्षेत्र बन्द गरेपछि ती नागरिकहरू फर्किन सकेका थिएनन् । इजरायली अधिकारीहरूले सुरक्षा अवस्थाको मूल्याङ्कन गर्दै चरणबद्ध रूपमा हवाई क्षेत्र आंशिक रूपमा खोल्ने निर्णय गरेका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker