देश
‘निर्वाचन ज्ञानकोश’ बजारमा

ललितपुर । साझा प्रकाशन ले ‘निर्वाचन ज्ञानकोश’ नामक बृहत् सन्दर्भ ग्रन्थ प्रकाशित गरेको छ।
करिब ३५ वर्ष निजामती सेवा र ६ वर्ष संवैधानिक निकायको नेतृत्वदायी भूमिकामा रहेका थपलियाको यो पाँचौँ कृति हो। पुस्तकले निर्वाचनका जटिल पक्षलाई सम्बोधन गर्दै लोकतान्त्रिक अभ्यासलाई बुझ्न नयाँ दृष्टिकोण प्रस्तुत गरेको दाबी गरिएको छ।
पुस्तकमा लोकतन्त्र, निर्वाचन प्रणाली, निर्वाचन न्याय, शासकीय संरचना र प्रतिनिधित्वलगायत विषयका महत्त्वपूर्ण शब्दावली तथा वाक्यांशहरूको विस्तृत परिभाषा र व्याख्या समेटिएको छ। देवनागरी वर्णानुक्रममा आधारित प्रस्तुति रहेको यस ग्रन्थलाई निर्वाचन व्यवस्थापनसम्बन्धी ‘ह्यान्डबुक’का रूपमा उपयोगी बनाइएको प्रकाशनले जनाएको छ।
नेपालको संविधान र कानुनसँगै अन्तर्राष्ट्रिय निर्वाचन अभ्यासहरूको तुलनात्मक विश्लेषणसमेत पुस्तकमा समावेश गरिएको प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले जानकारी दिए।



