मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु – Pradesh Dristhi
देश

फिलिपिन्समा हेलिकप्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

मनिला ।  फिलिपिन्सको मनिलाबाट करिब दुई घण्टा दक्षिणपूर्वको दुरीमा मङ्गलबार हेलिकप्टर दुर्घटना हुँदा एक जना मलेसियाली नागरिक र एक फिलिपिनो नागरिकको मृत्यु भएको जनाइएको छ

हेलिकप्टरमा दुई मलेसियालीसहित पाँच जना यात्रु रहेको अधिकारीहरूले बताएका छन् । रिजाल प्रान्तीय प्रहरी अधिकारी रामजे पाङ्गाले दुर्घटनामा दुई जना यात्रुको मृत्यु भएको पुष्टि गरेका छन् ।

पिलिला सहरका मेयर जोन मासिनसिनले तीन जना घाइते भएको जनाउँदै पाइलटको अवस्था गम्भीर रहेको बताएका छन् । प्रहरी अधिकारी पाङ्गाले हेलिकोप्टरको इन्जिनमा समस्या आएकाले आपतकालीन अवतरण गर्ने प्रयास गर्दा गर्दै दुर्घटना भएको बताएका छन् ।

फिलिपिन्सको नागरिक उड्डयन प्राधिकरणले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker