मिति: १९ फाल्गुन २०८२, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
‘निर्वाचन ज्ञानकोश’ बजारमा – Pradesh Dristhi
देश

‘निर्वाचन ज्ञानकोश’ बजारमा

ललितपुर । साझा प्रकाशन ले ‘निर्वाचन ज्ञानकोश’ नामक बृहत् सन्दर्भ ग्रन्थ प्रकाशित गरेको छ

पूर्व प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाद्वारा लिखित उक्त कृति बजारमा आएको हो । प्रकाशनको छोटो अवधिमै सो पुस्तक उल्लेख्य बिक्री भएको प्रकाशनले जनाएको छ। यसबारे राजनीतिज्ञ, सञ्चारकर्मी तथा निर्वाचन सरोकारवालाबाट प्राप्त सकारात्मक प्रतिक्रियाले उत्साहित बनाएको साझा प्रकाशनले जनाएको छ।

करिब ३५ वर्ष निजामती सेवा र ६ वर्ष संवैधानिक निकायको नेतृत्वदायी भूमिकामा रहेका थपलियाको यो पाँचौँ कृति हो। पुस्तकले निर्वाचनका जटिल पक्षलाई सम्बोधन गर्दै लोकतान्त्रिक अभ्यासलाई बुझ्न नयाँ दृष्टिकोण प्रस्तुत गरेको दाबी गरिएको छ।

पुस्तकमा लोकतन्त्र, निर्वाचन प्रणाली, निर्वाचन न्याय, शासकीय संरचना र प्रतिनिधित्वलगायत विषयका महत्त्वपूर्ण शब्दावली तथा वाक्यांशहरूको विस्तृत परिभाषा र व्याख्या समेटिएको छ। देवनागरी वर्णानुक्रममा आधारित प्रस्तुति रहेको यस ग्रन्थलाई निर्वाचन व्यवस्थापनसम्बन्धी ‘ह्यान्डबुक’का रूपमा उपयोगी बनाइएको प्रकाशनले जनाएको छ।

नेपालको संविधान र कानुनसँगै अन्तर्राष्ट्रिय निर्वाचन अभ्यासहरूको तुलनात्मक विश्लेषणसमेत पुस्तकमा समावेश गरिएको प्रकाशनका निमित्त महाप्रबन्धक भेषराज घिमिरेले जानकारी दिए।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker