मिति: १९ फाल्गुन २०८२, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल – Pradesh Dristhi
देश

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल

धनगढी । बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सीमा नाका सिल गरिएको छ। सुदूरपश्चिममा रहेका नेपाल–भारत सीमा नाका पनि सिल गरिएको हो।

सोमबार मध्यरातदेखि मतदान सम्पन्न नभएसम्मका लागि सीमा नाकाहरू सिल गरिएको हो। नाका सिल भएसँगै नेपाल सरकार र फिल्डको हकमा स्थानीय प्रशासनसँग पूर्वस्वीकृति लिएर हुने अत्यावश्यक सेवासँग जोडिएका आवागमन तथा अन्तर्देशीय आयात–निर्यातजन्य ढुवानीबाहेकलाई आवागमनमा रोक लगाइएको छ।

आवागमन रोक लगाइएसँगै सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरी बल (एपीएफ)ले सीमा क्षेत्रमा जाँच तथा निगरानीमा कडाइ गरेको छ

भारतसँग सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी र दार्चुला जोडिन्छन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker