मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दै – Pradesh Dristhi
देश

आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दै

काठमाडौं । आज साँझ खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । साँझ ६ः०४ बजे चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिने खगोलविद्हरूले बताएका छन् ।

वरिष्ठ खगोलविद् जयन्त आचार्यका अनुसार यो चन्द्रग्रहण नेपालका विभिन्न स्थानबाट अवलोकन गर्न सकिनेछ । चन्द्रमा क्षितिजबाट माथि उठ्दै गर्दा यसको आधाभन्दा बढी भाग पृथ्वीको गाढा छायाले ढाकिएको देखिने उनले जानकारी दिए । उनका अनुसार चन्द्रमा उदाउँदा नै ग्रहण लागेको अवस्थामा देखिनु दुर्लभ खगोलीय घटना मानिन्छ । काठमाडौंमा चन्द्रग्रहणसहित साँझ ६ः०४ बजे उदाउनेछ र करिब एक घण्टासम्म स्पष्ट रूपमा अवलोकन गर्न सकिनेछ ।

खगोलविद्हरूले चन्द्रग्रहण अवलोकनका लागि कुनै विशेष उपकरण वा सुरक्षात्मक चस्माको आवश्यकता नपर्ने बताएका छन् । सूर्य ग्रहणभन्दा फरक, चन्द्र ग्रहणले आँखामा प्रत्यक्ष असर नपार्ने भएकाले खुला स्थानबाट नाङ्गो आँखाले सुरक्षित रूपमा अवलोकन गर्न सकिनेछ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker