मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
दलले मात्रै खोले चुनाव केन्द्रित बैंक खाता, नखोल्ने ५६ पार्टीलाई के हुन्छ ? – Pradesh Dristhi
देश

दलले मात्रै खोले चुनाव केन्द्रित बैंक खाता, नखोल्ने ५६ पार्टीलाई के हुन्छ ?

१५ फागुन, काठमाडौं । निर्वाचन आयोगले चुनाव केन्द्रित आर्थिक कारोबार गर्न छुट्टै बैंक खाता खोल्न राजनीतिक दल र उम्मेदवारलाई भनेको छ । निर्वाचन आचारसंहितामा नै यस्तो प्रावधान छ  ।

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार हालसम्म ११ दलले मात्रै चुनाव केन्द्रित खाता खोलेका छ्न्  ।

खोल्नेलाई के हुन्छ ? भन्ने पत्रकारको प्रश्नमा भट्टराईले भने, ‘खाता खोल्ने क्रम जारी छ ।  कसैले साच्चै खर्च नगर्नेको हकमा केही भएन । अन्यथा बाहिरबाट खर्च गरेको पाइए निर्वाचन आयोगले आवश्यक निर्णय लिन्छ । ‘

अर्थात खाता नखोली खर्च गनेलाई कारबाही हुने भट्टराईको चेतावनी छ ।

प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ६७ र समानुपातिक तर्फ ६३ दल चुनावमा सहभागी छन् । यसमध्ये ११ दलले मात्रै चुनाव केन्द्रित बैंक खाता खोलेका छन् । बाकी ५६ दलले छुट्टै बैंक खाता खोलेका छैनन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker