मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
रुकुमपश्चिममा उनेपाको उम्मेदवारी निष्क्रिय, प्रलोपा नेता शर्मालाई समर्थन – Pradesh Dristhi
देश

रुकुमपश्चिममा उनेपाको उम्मेदवारी निष्क्रिय, प्रलोपा नेता शर्मालाई समर्थन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का नेता एवं रुकुमपश्चिमबाट प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार जनार्दन शर्मालाई उज्यालो नेपाल पार्टी (उनेपा)का उम्मेदवार नरेन्द्र केसीले समर्थन गरेका छन् । आज दुवै दलका उम्मेदवारहरुले संयुक्त पत्रकार सम्मेलन गरी यो जानकारी दिएका हुन् ।

पत्रकार सम्मेलनमा उज्यालो नेपाल पार्टीका उम्मेदवार केसीले रुकुमको समग्र विकासमा टेवा पुर्‍याउन आफ्नो उम्मेदवारी निष्क्रिय गराएको र प्रलोपा उम्मेदवार शर्मालाई समर्थन गरेको जानकारी दिए । यसअघि एमालेले पनि शर्मालाई समर्थन गरिसकेको छ ।

अब निर्वाचनको मैदानमा प्रलोपाका नेता जनार्दन शर्मासहित नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा, नेपाली कांग्रेसका राजु केसी र राष्ट्रिय स्वतन्त्र पार्टीका मानबहादुर शाही छन् ।

पत्रकार सम्मेलनमा शर्माले प्रलोपा नेता शर्माले रुकुमलाई विकास, सुशासन र समृद्धिको नमूना बनाउने बताए । ‘मैले रुकुमलाई देशकै एउटा मोडल जिल्ला बनाउने दृष्टिकोण राखेको छु । हाम्रो लडाइँ गरिबी र बेरोजगारी विरुद्ध हो । सुशासन र सामाजिक न्याय सुनिश्चित गर्दै रुकुमको भविष्य उज्ज्वल बनाउनु नै मेरो मुख्य लक्ष्य हो,’ शर्माले भने ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker