मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सिरहामा टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु – Pradesh Dristhi
देश

सिरहामा टिपरमा करेन्ट लाग्दा चालकको मृत्यु

१५ फागुन, सिरहा । सिरहाको गोलबजार नगरपालिका–२ गुरुधाममा टिपर सफा गर्ने क्रममा करेन्ट लाग्दा चालकको मृत्यु भएको छ । स्थानीय मनिक लाल साहका ४३ वर्षीय छोरा सन्तोष साहको शुक्रबार बिहान मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक सुदन केसीका अनुसार टिपर सफा गरेर पानी ओछ्याउने क्रममा टिपरको हाइटोली (ढाला) उठाउँदा पछाडिको भाग माथि रहेको विद्युतको तारमा छोइँदा करेन्ट लागेको थियो । करेन्ट लागेर गाडीको केही भागमा आगलागीसमेत भएको थियो ।

करेन्ट लागेको थाहा पाएपछि चालक साह हाम फालेका थिए । गम्भीर घाइते अवस्थाका उनलाई तत्काल स्थानीय अस्पताल पुर्‍याइए पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker