मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
चुनावी रिपोर्टिङका क्रममा रातोपाटीकर्मीमाथि आक्रमण, मोबाइल र चस्मा खोसियो – Pradesh Dristhi
देश

चुनावी रिपोर्टिङका क्रममा रातोपाटीकर्मीमाथि आक्रमण, मोबाइल र चस्मा खोसियो

झापा । चुनावी रिपोर्टिङका क्रममा झापा पुगेका रातोपाटीका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेका कार्यकर्ताहरूले आक्रमण गरेका छन् ।

झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा रिपोर्टिङ गरिरहेका आचार्यमाथि एमालेको भोलेन्टेयर फोर्सका सदस्यहरूले बिहीबार दिउँसो आक्रमण गरेका हुन् । २५६१ नम्बरको स्कर्पियोमा चढेका भोलिएन्टर फोर्सका सदस्यहरुले आचार्यमाथि आक्रमण गरेका रातोपाटीका अर्का पत्रकार रोहित दाहालले जानकारी दिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलो र सचिवालयको टोलीलाई पछ्याउने क्रममा उक्त घटना घटेको हो । सोही क्रममा स्थानीय महिलाहरूले ‘घण्टी’ (राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह) भन्दै साङ्केतिक विरोध जनाएपछि एमाले कार्यकर्ताहरूले ती महिलाहरूमाथि अश्लील शब्द र व्यवहार प्रदर्शन गरेका थिए । सोही द‌ृश्यको फोटो र भिडियो खिच्न खोज्दा पत्रकार आचार्यमाथि आक्रमण भएको हाे।

आक्रमणकारीहरूलआचार्यको मोबाइल खोसेर लगेका छन् भने उनको चस्मासमेत फुटाइदिएका छन् । आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ । अन्य पत्रकारहरूले उनलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् । आक्रमणपछि पनि एमाले कार्यकर्ताहरूले पत्रकारको टोलीलाई ‘दमकमा देखाइदिने’ भन्दै धम्की दिएको दाहालले बताए ।

कोशी प्रदेशमा चुनावी रिपोर्टिङ टाेलीमा रातोपाटीका अर्जुन पन्त, अमृत चिमरिया, रोहित दाहाल, मनोज खड्का र अर्जुन आचार्य खटिएका छन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker