मिति: १९ फाल्गुन २०८२, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
निर्वाचन लक्षित निर्णय : रौतहटमा फागुन १८ देखि मदिरा बिक्री–सेवन पूर्ण प्रतिबन्ध – Pradesh Dristhi
देश

निर्वाचन लक्षित निर्णय : रौतहटमा फागुन १८ देखि मदिरा बिक्री–सेवन पूर्ण प्रतिबन्ध

रौतहट । आसन्न फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई केन्द्रमा राख्दै जिल्ला प्रशासन कार्यालय रौतहटले जिल्लाभर मदिरा बिक्री–वितरण तथा सार्वजनिक स्थानमा मदिरा सेवनमा पूर्ण रोक लगाएको छ।

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालद्वारा जारी सूचनाअनुसार फागुन १८ गतेदेखि मतदान प्रक्रिया सम्पन्न नभएसम्म रौतहट जिल्लाभर सबै प्रकारका मदिराजन्य पदार्थको बिक्री, वितरण र सार्वजनिक स्थलमा सेवन निषेध गरिएको हो।

प्रशासनले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयमुक्त वातावरणमा सम्पन्न गराउने उद्देश्यले उक्त निर्णय लिएको जनाएको छ।

सूचनामा निषेधाज्ञा उल्लङ्घन गरी मदिरा बिक्री, वितरण वा सेवन गरेको पाइएमा प्रचलित कानुनअनुसार कडा कारबाही गरिने स्पष्ट चेतावनी दिइएको छ।

यस्तै, सुरक्षा निकायमार्फत कडाइका साथ अनुगमन गरिने जनाउँदै प्रशासनले होटल व्यवसायी, राजनीतिक दल, नागरिक समाज तथा आम सर्वसाधारणसँग पूर्ण सहयोगको अपेक्षा गरेको छ।

निर्वाचन अवधिभर सार्वजनिक शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्न सबै पक्ष जिम्मेवार बन्न प्रशासनको आग्रह छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker