मिति: १७ फाल्गुन २०८२, आईतवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
लालपर्सामा रास्वपाको शक्ति प्रदर्शन, घुसुकपुरमा घरदैलो तीव्र – Pradesh Dristhi
देश

लालपर्सामा रास्वपाको शक्ति प्रदर्शन, घुसुकपुरमा घरदैलो तीव्र

वीरगन्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तले आफ्नो चुनावी अभियानलाई थप सक्रिय बनाएका छन्।

उनले वीरगन्ज महानगरपालिकाको लालपर्सामा कोणसभा तथा घुसुकपुरमा घरदैलो कार्यक्रम सम्पन्न गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।

वीरगन्ज महानगरपालिका–३०, लालपर्सामा दीपेन्द्र मण्डलको अध्यक्षतामा आयोजित कोणसभालाई सम्बोधन गर्दै पन्तले मुलुकमा ठोस र दीगो परिवर्तनका लागि मतदाताले यसपटक नयाँ विकल्प रोज्नुपर्ने बताए।

उनले परम्परागत राजनीतिक शैलीबाट विकास सम्भव नभएको उल्लेख गर्दै नयाँ सोच, स्पष्ट भिजन र जिम्मेवार नेतृत्वसहित रास्वपा चुनावी मैदानमा उत्रिएको दाबी गरे।

कार्यक्रम रास्वपाका जिल्ला सहसचिव तथा समानुपातिक उम्मेदवार कृष्णा पासवानले सञ्चालन गरेका थिए।

कार्यक्रममा स्थानीय विनोद मण्डल, सञ्जय मण्डल, गम्भीरा गुप्ता, निजामुद्दीन अन्सारी, सुवासा यादव र धनपत ठाकुरलगायतले मन्तव्य राख्दै घण्टी छापका उम्मेदवार पन्तलाई विजयी गराउन आफूहरू प्रतिबद्ध रहेको जनाए।

वक्ताहरूले क्षेत्रको समग्र विकासका लागि पन्त सक्षम र विकल्पहीन उम्मेदवार भएको दाबी गरे।

यसैबीच, वीरगन्ज महानगरपालिका–२, घुसुकपुरमा पनि पन्तले घरदैलो कार्यक्रम गर्दै स्थानीयसँग मत मागेका छन्।

रास्वपा नेताहरू महम्मद सम्साद आलम, शन्नी गुप्ता र तब्रेज शेखको नेतृत्वमा सम्पन्न घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाले पन्तलाई स्वागत गरेका थिए।

भेटघाटका क्रममा स्थानीयले यसपटक पन्तलाई संसद्मा पठाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाइएको छ।

चुनाव नजिकिँदै जाँदा पन्तले क्षेत्रका विभिन्न वडामा कार्यक्रमलाई तीव्रता दिएका छन्।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker