मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
महाराजगञ्जको भाटभटेनी पनि सञ्चालनमा, मिनबहादुरको प्रार्थना- अब मेरो देशमा यस्तो नहोस् – Pradesh Dristhi
देश

महाराजगञ्जको भाटभटेनी पनि सञ्चालनमा, मिनबहादुरको प्रार्थना- अब मेरो देशमा यस्तो नहोस्

काठमाडौं । आन्दोलनका क्रममा क्षति पुगेको भाटभटेनी सुपरमार्केट महाराजगञ्ज पुनर्निर्माणपछि पुनः सञ्चालनमा आएको छ।

संस्थापक अध्यक्ष मीनबहादुर गुरुङको उपस्थितिमा पूजा गरी स्टोर सर्वसाधारणका लागि खुला गरिएको हो।

आगजनी र तोडफोडबाट पूर्ण क्षति पुगेको संरचना करिब ६ महिनाको मर्मतपछि सञ्चालनमा ल्याइएको व्यवस्थापनले जनाएको छ। यसअघि कोटेश्वरस्थित स्टोर पनि पुनः सञ्चालनमा आइसकेको छ।

गुरुङले पुनर्निर्माणमार्फत व्यवसायलाई पुनर्जीवित गर्दै सकारात्मक सन्देश दिन खोजिएको बताए। पुनर्निर्माण गरिएका स्टोरको प्रवेशद्वारमा मीनबहादुरले हात तोडेको तस्बिरसँगै जल्दै गरेको सिंहदरबार, सर्वोच्च अदालत, संसद भवन र भाटभटेनीको दृश्य त्यहाँ समेटिएको छ । त्यहाँ लेखिएको छ- ‘हे भगवान् ! अब उप्रान्त मेरो देश नेपालमा यस्तो कहिल्यै नहोस् ।’

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker