मिति: १८ फाल्गुन २०८२, सोमबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
इरानसँगको तनाव कुटनीतिक तरिकाले समाधान गर्न चाहेका छौं : अमेरिकी राष्ट्रपति ट्रम्प – Pradesh Dristhi
अन्तर्राष्ट्रिय

इरानसँगको तनाव कुटनीतिक तरिकाले समाधान गर्न चाहेका छौं : अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको टकरावलाई कुटनीतिक माध्यमबाट समाधान गर्ने आफ्नो प्राथमिकतामा रहेको बताउनुभएको छ । हिजो वाशिङ्टन डिसीको क्यापिटलमा कंग्रेसको संयुक्त बैठकलाई सम्बोधन गर्दै उहाँले इरानसँग वार्तामा रहेको बताउनुभयो ।

ट्रम्पले इरानलाई आणविक हतियार बनाउन नदिने अडान दोहोर्याउनु भएको चिनीयाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ  । उहाँले इरानले आफ्नो आणविक कार्यक्रम फेरि शुरू गर्ने प्रयास गरिरहेको आरोप लगाउनुभयो । यसलाई गएको वर्षको अमेरिकी हमलाले पूर्ण रूपमा नष्ट गरेको उहाँको दाबी छ ।

यो सम्बोधनपछि इरानले ट्रम्पका दाबीलाई ‘ठूलो झूट’ भन्दै खण्डन गरेको छ । अमेरिका र इरानबीच आणविक मुद्दामा वार्ता चलिरहेको छ । वार्ताको  अर्को चरण जेनेभामा हुँदैछ । ट्रम्पले कुटनीतिक समाधानलाई प्राथमिकता दिएपनि सैन्य विकल्प पनि खुला राखेको संकेत दिनुभएको छ ।

 

अन्तिम अपडेट: फागुन १४, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker