Uncategorized
कञ्चनपुरको मणिकाधाममा पहिलोपटक विद्युत् सेवा

१३ फागुन, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक पर्यटकीय क्षेत्र मुडका (मणिका धाम)मा पहिलोपटक नियमित विद्युत् सेवा पुगेको छ । यस अगाडि भक्तजन अँध्यारोमा पूजाआराधना गर्न बाध्य थिए ।
नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रले करिब रु ६५ लाख लागतमा मुडकादेखि धारापानीसम्म करिब पाँच किलोमिटर क्षेत्रमा ८२ पोल जडान गरी ‘ट्रान्सफर्मर’ स्थापना गरेर विद्युत् आपूर्ति सुरु गरेको छ । पोल गाड्ने, तार तान्ने, इन्सुलेटर जडान गर्ने र ट्रान्सफर्मर राख्ने सम्पूर्ण काम ठेक्का प्रक्रियामार्फत सम्पन्न गरिएको हो ।



