मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
प्रतिपक्षी दलका नेताहरूसँगको छलफल सभामुख अर्याल – Pradesh Dristhi
अन्तर्राष्ट्रियदेशबिचारमधेस प्रदेशराष्ट्रिय समाचारशिक्षासूचना / प्रबिधि

प्रतिपक्षी दलका नेताहरूसँगको छलफल सभामुख अर्याल

३ वैशाख, काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रतिपक्षी दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा छलफल सुरु भएको हो ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरू सहभागी छन् ।

छलफल संसदीय समिति सभापति चयन लगायतबारेमा केन्द्रित रहेको बताइएको छ ।

संसदीय समिति सभापतिका लागि आज दिउँसो १ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । आजै दिउँसो साढे ४ बजे नै उम्मेदवारहरूको सूची प्रकाशन हुनेछ ।

संघीय संसद् अन्तर्गत १६ वटा संसदीय समिति रहेका छन् । प्रतिनिधिसभा अन्तर्गत १० वटा र राष्ट्रिय सभा अन्तर्गत ४ वटा समिति रहेका छन् । दुई वटा संयुक्त समिति रहेका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker