Banner Newsअन्तर्वार्ताकर्णाली प्रदेशकोशी प्रदेशगण्डकी प्रदेशस्थानीय तह
भिटेन र साकारको हिपहपमा झुम्यो लन्डन (तस्वीर)

लन्डन । यसपालीको नयाँ वर्षमा लन्डनमा नेपाली हिपहप संगीत गुञ्जियो । विगतमा जस्तो शुभकामना कार्यक्रममा झुम्न नपाएपनि नेपहप संगीतले नेपाली डायस्पोरालाई झुमायो । उत्तरी लन्डनको डाल्स्टन ह्याकनीमा अवस्थित अर्थ रिभोलुसरी ह्याक्नी हलमा बेजोड ढंगले नेपाली र्याप गीत गुञ्जियो ।
विश्वभरका अग्रणी र उदीयमान कलाकारलाई स्वागत गरिसकेको उक्त अत्याधुनिक भेन्यूले नेपाली हिपहप संगीतका सेलिब्रेटीद्धय समीर घिसिङ (भिटेन) र साकार (लिल बुद्ध) लाई एउटै स्टेजमा उतार्यो ।



