मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी – Pradesh Dristhi
अन्तर्राष्ट्रियदेशबिचारमधेस प्रदेशशिक्षासूचना / प्रबिधि

समानान्तर गतिविधि गर्दै आएका खड्कालाई स्पष्टीकरण सोध्ने कांग्रेसको तयारी

२ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले समानान्तर गतिविधि गर्दै आएका निवर्तमान सभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोध्ने भएको छ ।

पार्टीको लेटरप्याड प्रयोग गरेर कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेको विषयमा कांग्रेसले खड्कालाई स्पष्टीकरण सोध्न लागेको हो ।

केन्द्रीय अनुशासन समितिको बुधबार बस्न गइरहेको बैठकले नेता खड्कालाई स्पष्टीकरण सोध्ने एक शीर्ष नेताले जानकारी दिए ।

खड्काले सोमबार कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पार्टीको क्रियाशील सदस्यता खारेज भएको घोषणाप्रति आपत्ति जनाएका थिए ।

विज्ञप्ति लगत्तै कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको थियो ।१८ चैतमा बसेको अनुशासन समितिले कार्यवाहक सभापतिको हैसियतमा वक्तव्य जारी गरे कारबाही प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो ।

त्यसअघि खड्काले १४ चैतमा कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गरेर पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको सरकारबाट भएको पक्राउको विरोध गरेका थिए ।

त्यसपछि उनले १७ चैतमा कार्यवाहक सभापतिको हैसियतमै १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक बोलाएर दुई दिन छलफल गरेका थिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker