मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
प्रफुल र साकिब डेब्यूमै चम्किँदा हैदराबादले राजस्थानलाई हरायो – Pradesh Dristhi
अन्तर्राष्ट्रियखेलकुददेशबिचारमधेस प्रदेशशिक्षासूचना / प्रबिधि

प्रफुल र साकिब डेब्यूमै चम्किँदा हैदराबादले राजस्थानलाई हरायो

चैत, काठमाडौं । दुई डेब्यूटान्ट प्रफुल हिंगे र साकिब हुसेनले शानदार बलिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ मा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई पराजित गरेको छ ।

सोमबार राति सम्पन्न खेलमा हैदराबादले राजस्थानलाई ५७ रनले पराजित गरेको हो । हैदराबादले दिएको २१७ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभरमा १५९ रनमा अलआउट भयो ।

प्रफुलले पहिलो ओभरमै तीन विकेट लिएका लिए । आक्रामक ओपनर वैभव सूर्यवंशीलाई शून्यमै आउट गरेका उनले ध्रुव जुरेल र लुहान्द्रे प्रेटोरियसलाई पनि शून्यमै आउट गरे ।

त्यसपछि यशश्वी जैसवाल साकिब हुसेनको बलमा १ रनमा अनि कप्तान रियान पराग प्रफुलकै बलमा ४ रनमा आउट भएपछि राजस्थान ९-५ को दयनीय अवस्थामा पुगेको थियो ।

त्यहाँबाट डोनोभन फेरेरा र रविन्द्र जडेजा मिलेर शतकीय साझेदारी गरे । यी दुई मिलेर छैटौं विकेटका लागि ११८ रनको साझेदारी गरेका थिए । फेरेराले सर्वाधिक ६९ रन बनाए भने रविन्द्र जडेजाले ४५ रन बनाए ।

प्रफुल र साकिब दुवैले ४-४ विकेट लिए । प्रफुलले ४ ओभरमा ३४ रन दिएर ४ विकेट लिए भने साकिबले ४ ओभरमा २४ रन दिएर ४ विकेट लिए । इशान मलिंगाले २ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर २१६ रन बनाएको थियो । कप्तान इशान किशनले ४४ बलमा सर्वाधिक ९१ रन बनाए । हेनरिक क्लासेनले ४० रन बनाउँदा नितिश रेडीले २८ अनि सलिल अरोराले अविजित २४ रन बनाए ।

राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिँदा सन्दीप शर्मा, तुशार देशपान्डे र रियान परागले १-१ विकेट लिए ।

प्रतियोगितामा पहिलो हार बेहोरेको राजस्थान ५ खेलमा ८ अंकका साथ शीर्षस्थानमा कायमै छ । हैदराबाद ५ खेलमा ४ अंकसहित चौथो स्थानमा उक्लिएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker