राष्ट्रपति पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै
काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले केहीबेरमा सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै हुनुहुन्छ ।
चुनावपछिको सङ्घीय संसद्को पहिलो अधिवेशनलाई राष्ट्रपतिले सम्बोधन गर्ने व्यवस्था छ । राष्ट्रपतिको सम्बाेधनका लागि संसद् सचिवालयले आज दिउँसो ३ बजेका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाएको हो ।
यस्तै सङ्घीय संसद्को दुवै सदनको चालू अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुनेछ । चैत २४ गतेको मन्त्रिपरिषद्को सिफारिशअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले दुवै सदनको चालू अधिवेशन अन्त्य गर्नुभएको हो ।
त्यसअघि आजै दिउँसो ४ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठकमा उपसभामुखको चुनाव हुनेछ । दुईतिहाइ नजिक रहेको राष्ट्रिय स्वतन्त्र पार्टीको साथ पाएकाले श्रम संस्कृति पार्टीकी सांसद रुबीकुमारी ठाकुर उपसभामुख बन्ने पक्का छ । उपसभामुखका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरस्वती लामा पनि उमेदवार हुनुहन्छ ।
उपसभामुखको शपथ पनि आजै बेलुका ६ बजेका लागि तय गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
अन्तिम अपडेट: चैत २७, २०८२



