मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
शिक्षाविद् कोइरालाको पुस्तक शिक्षामा बेलाको बोली प्रकाशित – Pradesh Dristhi
देश

शिक्षाविद् कोइरालाको पुस्तक शिक्षामा बेलाको बोली प्रकाशित

काठमाडौँ । शिक्षाविद् प्राडा विद्यानाथ कोइरालाद्वारा लिखित पुस्तक ‘शिक्षामा बेलाको बोली’ प्रकाशित भएको छ । पुस्तकमा जनस्तरका तथा प्राज्ञिक सोचलाई समेट्दै तिनको अन्तरसम्बन्धमाथि चर्चा गरिएको छ ।

शारीरिक, मानसिक र चेतन सम्बन्धबाट सृजित दर्शन तथा सिद्धान्तको चर्चा पुस्तकमा गरिएको छ । जीवन–जगतका, मनका, हिरण्यगर्भका र तिनका अकाट्य सम्बन्धका विषयमा पुस्तकले व्याख्या पस्कन्छ । कहीँ प्रश्नको झटारो हान्छ । कहीँ समस्या दिन्छ । कहीँ समाधान दिन्छ । पुस्तकको मूल विषयगर्भ भने शिक्षाकै सेरोफेरोमा छ ।

पुस्तकमा पाठकले अनेकन् स्वाद पाउँछन् । यस अर्थमा पुस्तकमा बहुस्वाद मिसिएको छ । जोस र होस, सोच र सम्भावना देख्नेका लागि यसबिचका भँगालाहरूबारे पनि पुस्तकमा चर्चा गरिएको छ । ती भँगालाहरूलाई मूल बनाउने उपायहरू सुझाइएको छ ।

पुस्तक शिखा बुक्सले प्रकाशन गरेको हो भने यसको मूल्य ९९५ रहेको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker