मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अब सांसद खोज्न काठमाडौं जानु पर्दैन : निर्वाचन क्षेत्रमै सांसद पन्तको खुले सचिवालय – Pradesh Dristhi
देश

अब सांसद खोज्न काठमाडौं जानु पर्दैन : निर्वाचन क्षेत्रमै सांसद पन्तको खुले सचिवालय

वीरगन्ज। निर्वाचन जितेर राजधानी केन्द्रित हुने र जनताबाट टाढिँदै जाने प्रवृत्तिलाई तोड्ने प्रयासस्वरूप पर्सा क्षेत्र नम्बर–१ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा सभापति हरि पन्तले आफ्नै निर्वाचन क्षेत्रमा निजी सचिवालय स्थापना गरेका छन् ।

वीरगन्ज महानगरपालिका–८ मा आयोजित एक समारोहबीच सांसद पन्तले सचिवालयको औपचारिक उद्घाटन गरेका हुन् ।

स्थानीय अगुवा नेता तथा कार्यकर्ताको उपस्थितिमा सम्पन्न कार्यक्रममा उनले अब आफू बाहिर रहेका बेला पनि जनताका समस्या समाधानका लागि सचिवालयले सक्रिय भूमिका खेल्ने बताए ।

उनका अनुसार सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय सचिवालय टोली गठन गरिनेछ ।

“केही दिनभित्रै टिमलाई पूर्णता दिएर सबै सदस्यहरूको नाम र सम्पर्क नम्बर सार्वजनिक गर्छौं,” पन्तले भने, “जनतालाई कुनै पनि समस्या परे सिधै सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइनेछ ।”

सांसद पन्तले जनताले प्रत्यक्ष रूपमा परिवर्तनको अनुभूति गर्ने गरी काम गर्न सम्बन्धित सरकारी कार्यालयहरूलाई निर्देशन दिइसकेको पनि जानकारी दिए ।

“अब कुनै पनि कार्यालयमा बिनाकारण ढिलासुस्ती भए त्यसको जानकारी सचिवालयमा दिनुहोस्, हामी तुरुन्तै हस्तक्षेप गर्छौं,” उनले भने ।

उद्घाटन कार्यक्रममा रास्वपा पर्साका उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठ लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

साथै युबराज पटेल, दीपेन्द्र मण्डल, राम बाबु सिंह, महबुब आलम, सगीर अन्सारी, विशाल कुमार, सुमित चौरसिया, राजु गुप्ता, दिनेश गुप्ता, राम लामा, त्रिनेश गिरि, पूर्ण सापकोटा, सम्साद आलम, शन्नी गुप्ता, रामेश्वर साह, आलोक मिश्र, सालिक पौडेल लगायत तथा १९ वटै वडाका निर्वाचन परिचालन समिति संयोजक–उपसंयोजक र शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

सांसद पन्तको यो पहललाई स्थानीयस्तरमै जनतासँग प्रत्यक्ष सम्पर्क मजबुत बनाउने नयाँ अभ्यासका रूपमा लिइएको चर्चा छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker