मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
अनुमानको भरमा होइन, प्रमाणका आधारमा स्वास्थ्य नीति बनाउनुपर्छ : सचिव देवकोटा – Pradesh Dristhi
देश

अनुमानको भरमा होइन, प्रमाणका आधारमा स्वास्थ्य नीति बनाउनुपर्छ : सचिव देवकोटा

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मुलुकको स्वास्थ्य प्रणालीलाई मजबुत बनाउन तथ्यमा आधारित नीति निर्माण र प्रभावकारी सुशासन अपरिहार्य रहेको बताएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित ‘स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकहरूको राष्ट्रिय शिखर सम्मेलन’लाई सम्बोधन गर्दै सचिव देवकोटाले स्वास्थ्य अनुसन्धान अब छनोटको विषय मात्र नभई आवश्यकता बनिसकेको बताएका हुन्

यस वर्षको शिखर सम्मेलनको नारा ‘नेपालमा तथ्यमा आधारित निर्णय प्रक्रिया र कार्यान्वयनका लागि स्वास्थ्य अनुसन्धान सुशासन’ प्रति ऐक्यबद्धता जनाउँदै उनले पाँचवटा मुख्य आधार अनुसन्धान, सुशासन, प्रमाण, निर्णय प्रक्रिया र कार्यान्वयनलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिए।

उनले अनुमानका भरमा नभई विश्वसनीय तथ्याङ्क र प्रमाणका आधारमा निर्णय लिने परिपाटी नै प्रभावकारी स्वास्थ्य नीतिको मेरुदण्ड भएको स्पष्ट पारे। विश्वव्यापी रूपमा देखापरेका सङ्क्रामक रोग, नसर्ने रोग, जलवायु परिवर्तनका असर र स्वास्थ्य सेवामा रहेको असमानता जस्ता जटिल चुनौतीलाई सम्बोधन गर्न प्रमाणमा आधारित नीति निर्माणको महत्त्व अहिले झनै बढेको उनको तर्क छ।

उच्च कार्यक्षमता भएको स्वास्थ्य प्रणालीका लागि सुशासनलाई जग मान्दै उनले यसमा पारदर्शिता, जबाफदेहिता र विधिको शासन हुनुपर्ने बताए। स्वास्थ्य सेवा प्रवाहलाई कुशल, उत्तरदायी, समतामूलक र समयसापेक्ष बनाउनुपर्नेमा उनको जोड छ।

सचिव देवकोटाले नीति निर्माण र कार्यान्वयनबिचको खाडललाई कम गर्न अनुसन्धानका निष्कर्षहरूलाई व्यवहारमा उतार्ने प्रक्रियालाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker