मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक – Pradesh Dristhi
देश

थलापति विजयको ‘जन नायकन’ रिलिज अघि नै अनलाइनमा लिक

मुम्बई । तमिल सुपरस्टार थलापति विजयको बहुप्रतिक्षित फिल्म ‘जन नायकन’ प्रदर्शन अगाडि नै अनलाइनमा लिक भएको छ । सेन्सर बोर्डसँगको विवादका कारण प्रदर्शन मिति अन्योलमा रहेको फिल्मको एचडी प्रिन्ट पाइरेटेड वेबसाइटहरूबाट लिक भएका हुन् ।

यसअघि फिल्मलाई ९ जनवरीमा पोङ्गलको अवसर पारेर रिलिज गर्ने योजना बनाइएको थियो । तर, सेन्सर सर्टिफिकेट पाउन ढिलाइ भएपछि प्रदर्शन स्थगित गरिएको थियो । फ्यानहरू फिल्मको नयाँ रिलिज मितिको प्रतीक्षा गरिरहेका बेला पूरै फिल्म नै लिक भएपछि यसले ठुलो हलचल पैदा गरेको छ ।

बलिउड मिडियाका रिपोर्ट अनुसार, केही दिनअघि फिल्मको इन्ट्रो सिन, टाइटल र क्लाइमेक्सका केही भिडियो क्लिपहरू सामाजिक सञ्जालमा भाइरल भएका थिए । मेकरहरूले ती क्लिपहरू हटाउने प्रयास गरिरहेकै बेला अहिले पूरै फिल्म नै बाहिर आएको हो । फिल्म हलमा लाग्नुअघि नै यसरी अनलाइनमा उपलब्ध हुनुलाई मेकरहरूका लागि ठुलो आर्थिक घाटा मानिएको छ ।

फिल्म लिक भएको खबर सार्वजनिक भएपछि विजयका फ्यानहरूले सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् । उनीहरूले पाइरेसी गर्नेहरूमाथि कडा कारबाहीको माग गरेका छन् । मेकरहरूले पनि अवैध रूपमा फिल्मको लिंक सेयर गर्ने र डाउनलोड गर्नेहरू विरुद्ध कानुनी कारबाही गरिने चेतावनी दिएका छन्

‘जन नायकन’ लाई थलापति विजयको अभिनय करियरको अन्तिम फिल्म मानिएको छ । यस फिल्मपछि उनी पूर्ण रूपमा राजनीतिमा सक्रिय भएका छन् । त्यसैले पनि यो फिल्मलाई लिएर दर्शकमाझ निकै उत्साह छ । तर, रिलिज अघिको यो गडबडीले फिल्मको व्यापारमा असर पुग्न सक्ने अनुमान गरिएको छ ।

एच.विनोदको निर्देशनमा बनेको फिल्ममा विजयका अलवा पूजा हेगडे, बबी देओल, गौतम वासुदेव मेनन, प्रकाश राज, नारायण र मामिता बैजुजस्ता चर्चित कलाकारहरूको समेत अभिनय छ । फिल्ममा अनिरुद्ध रविचन्दरले सङ्गीत दिएका छन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker