मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
उपसभामुखमा रास्वपाले राप्रपालाई सहयोग गर्ने – Pradesh Dristhi
देश

उपसभामुखमा रास्वपाले राप्रपालाई सहयोग गर्ने

उपसभामुख पदमा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिपक्षी राप्रपालाई समर्थन गर्ने भएको छ।

रास्वपा सभापति रवि लामिछानेले राप्रपा संसदीय दल नेता ज्ञानेन्द्र शाहीलाई फोन गरेर उपसभामुख पदमा राप्रपालाई सहयोग गर्ने बताएका छन्।

‘रास्वपा सभापतिजीले फोन गरेर उपसभामुख पदमा तपाईंहरू उम्मेदवारी दिनुस्, हाम्रो समर्थन रहन्छ भन्नुभएको छ,’ शाहीले सेतोपाटीसँग भने।

रास्वपा उपसभापति डोलप्रसाद अर्याल चैत २२ गते निर्विरोध सभामुख भएका थिए। एकै दलबाट सभामुख र उपसभामुख बनाउन मिल्दैन। त्यसैले उपसभामुख पदमा रास्वपाले राप्रपालाई समर्थन गर्न लागेको हो।

आज उपसभामुख पदका लागि मनोनयन हुँदैछ।

राप्रपाबाट प्रतिनिधि सभामा ५ जना सांसद छन्।

राप्रपाले सरस्वती लामालाई उपसभामुख उम्मेदवार बनाउने तयारी गरेको छ। उनी नेता बुद्धिमान तामाङकी श्रीमती हुन् भने समानुपातिक तर्फबाट सांसद भएकी थिइन्।

उपसभामुख पदमा हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पनि उम्मेदवारी दिने तयारी गरेको छ। अरू प्रतिपक्षी दलहरूले श्रम संस्कृतिको उम्मेदवारलाई समर्थन गर्ने सम्भावना छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker