मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
भक्तपुरमा दशौँ कृषि तथा व्यापार महोत्सव NMB राससरासस बिहीबार, २६ चैत २०८२, १२ : ५२ – Pradesh Dristhi
देश

भक्तपुरमा दशौँ कृषि तथा व्यापार महोत्सव NMB राससरासस बिहीबार, २६ चैत २०८२, १२ : ५२

भक्तपुर । नयाँ वर्ष २०८३ सालको अवसरमा भक्तपुरमा ‘दशौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव–२०८२/८३’ आजदेखि सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आजदेखि भक्तपुरको सल्लाघारीमा आयोजना गरेको महोत्सवमा १८० विभिन्न प्रदर्शनी कक्ष रहेको सथाका अध्यक्ष सन्दीप महतले जानकारी दिए

उनले उपभोक्तालाई एकै स्थानमा दैनिक उपभोग्य तथा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गरेको बताए । महोत्सवमा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्री, खाद्यान्नका सामग्री, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ताहरु, कृषि तथा हस्तकलाका सामग्री प्रदर्शनी एवं बिक्रीका लागि राखिएको उनले बताए  ।

औद्योगिक उत्पादनको प्रदर्शनी, हस्तकलाका प्रदर्शनी, काष्ठकला, माटोका भाडा, स्थानीय घरेलु उत्पादन, सूचना तथा विज्ञान प्रविधिको प्रदर्शनी, प्रविधिसम्बन्धी गतिविधि, अटो मोबाइल प्रदर्शनी, विद्युतीय मेसिन कृषि औजार प्रदर्शनी, मोबाइल तथा इलेक्ट्रोनिक्स सामानको प्रदर्शनी, व्यापार तथा पर्यटकीय प्रदर्शनी, लत्ताकपडा तथा भाँडाकुँडाको प्रदर्शनी एवं बिक्रीका लागि राखिएको उनले बताए ।

स्थानीय उत्पादनलाई बजार प्रवद्र्धन गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय ब्राण्डका विभिन्न सामान एकै थलोमा सुपथ मूल्यमा उपलब्ध गराउने, भक्तपरको कला, संस्कृति, उत्पादन र सांस्कृतिक परम्परालाई कै थलोमा प्रर्दशन गर्दै प्रचार गर्ने उदेश्यले नयाँ वर्षको अवसरमा महोत्सवको आयोजना गरेको जानकारी दिए ।

महोत्सवको संयोजक दीपक थापाले करिब पाँच लाखभन्दा बढीले महोत्सव अवलोकन गर्ने अपेक्षा गरिएको जानकारी दिए । महोत्सवमा बिक्री गरिने सामानहरुमा २० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । भक्तपुर, काठमाडाैँ, ललितपुर, काभ्रेदेखि आसपासका जिल्लाका बासिन्दाले समेत यसबाट लाभ लिन सक्ने बताउँदै महोत्सवमा ज्येष्ठ नागरिक, अपाङ्ग र पाँच वर्षमुनिका बालबालिकालाई प्रवेश निःशुल्क गरिएकोे बताए ।

महोत्सवमा मुख्य आकर्षणको रुपमा ‘लन्डन ब्रिज’ देखि दैनिक राष्ट्रियस्तरका चर्चित गायक गायिकाका साङ्गीतिक प्रस्तुति रहनेछ । उत्कृष्ट बाल उद्यान, रोटी पिङ्ग, ड्रागन ट्रेन, नाउ तथा बच्चाको खेलौना, विभिन्न प्रकारका खाना महोत्सव रहनेछ ।

दैनिक रुपमा राष्ट्रियस्तरका ख्यातिप्राप्त कलाकारहरुको गीत, सङ्गीतसहितको साङ्गीतिक प्रस्तुति, हाँस्य व्यङ्ग्य फेसन शो, नृत्य प्रतियोगिताले महोत्सवलाई थप आकर्षण बनाउने अध्यक्ष महत बताउँछन् । महोत्सव वैशाख ६ गते सम्पन्न हुनेछ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker