मिति: १३ बैशाख २०८३, आईतवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
लेबनानमा इजरायली आक्रमणपछि इरानद्वारा हर्मुज जलमार्ग फेरि बन्द – Pradesh Dristhi
देश

लेबनानमा इजरायली आक्रमणपछि इरानद्वारा हर्मुज जलमार्ग फेरि बन्द

काठमाण्डौ – इजरायलले लेबनानको सशस्त्र समूह हिजबुल्लाहमाथि आक्रमण गरेपछि इरानले हर्मुज जलमार्ग फेरि बन्द गरेको छ ।

यसले गर्दा अमेरिका र इरानबीचको युद्धविराम सम्झौता अन्योलमा परेको छ । हिजो इजरायलले बेरुतका व्यापारिक र आवासीय क्षेत्रहरूमा आक्रमण गर्दा धेरै मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

यता अमेरिकाले इरानलाई तत्काल जलमार्ग खोल्न माग गरेको छ । इरानले भने अमेरिकाले १० बुँदे शर्तमध्ये तीनवटा उल्लंघन गरेको भन्दै अब हुने भनिएको वार्ता अर्थहीन रहेको जनाएको छ ।

इरानी विदेशमन्त्री अब्बास अराघचीले लेबनानमा युद्ध अन्त्य हुनु युद्धविरामकै हिस्सा भएको बताइरहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले भने यो सम्झौताले लेबनानलाई नसमेट्ने बताएका छन् ।

पाकिस्तानको मध्यस्थतामा भोलि इस्लामाबादमा अमेरिका र इरानबीच वार्ता हुने भनिएको छ ।

 

 

अन्तिम अपडेट: चैत २६, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker