देश
परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूत उर्बोमबिच भेटवार्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट उर्बोमबिच शिष्टाचार भेटवार्ता भएको छ । आज परराष्ट्र मन्त्रालयमा उनीहरूबिच भेटघाट भएको हो
भेटका क्रममा कार्यवाहक राजदूत उर्बोमले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना दिएका थिए ।
सो अवसरमा उनीहरूबिच नेपाल र अमेरिकाबिचको लामो समयदेखिको द्विपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
आगामी दिनमा दुई देशबीचको कूटनीतिक तथा आर्थिक सम्बन्धलाई थप बलियो बनाएर लैजाने विषयमा पनि भेटमा कुराकानी भएको थिय



