मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
शनिबार र आइतबार सेयर कारोबार बन्द, शुक्रबार खुल्ने – Pradesh Dristhi
देश

शनिबार र आइतबार सेयर कारोबार बन्द, शुक्रबार खुल्ने

काठमाडौँ । सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएसँगै शुक्रबार पनि सेयर कारोबार खुल्ने भएको छ ।

आइतबार बेलुका बसेको नेप्से सञ्चालक समितिको बैठकले सोमबारदेखि शुक्रबारसम्म सेयर कारोबार हुने निर्णय गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चूडामणि चापागाईले जानकारी दिए ।

उनका अनुसार सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेकाले नेप्सेले पनि सोहीअनुसार शुक्रबार सेयर कारोबार खोल्ने निर्णय गरेको हो ।

सिईओ चापागाईंले यो निर्णय यही सातादेखि लागू हुने बताए । सेयर कारोबार अब आइतबार भने सेयर बजार बन्द रहने बताए । आइतबारको साटो शुक्रबार बजार खोल्ने निर्णय भए पनि कारोबार समय भने ११ बजेदेखि ३ बजेसम्म नै यथावत् राखिएको उनको भनाई छ ।  यसअघि आइतबारदेखि बिहीबारसम्म सेयर कारोबार हुँदै आएको थियो ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker