‘मितज्यू’को प्रदर्शन मिति परिवर्तन

फिल्म ‘मितज्यू’ को प्रदर्शन मिति परिवर्तन भएको छ । यसअघि जेठ १५ गतेलाई तय गरेको प्रदर्शन अहिले एकसाता अघि सारिएको छ । निर्माण युनिटले एक पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति हेरफेर गरेको हो ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, तेरिया फौजा मगर, शिशिर वाङ्देल लगायतको अभिनय छ । अनिल बुढा मगरको निर्देशन रहेको फिल्ममा राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछाने, अरुण पुन मगर, उत्तम राज पाण्डे, सविन कट्टेल, उमेश सोनाम, पवित्रा खड्का, चाहाना राना मगर, अनुशा राई, खड्गबहादुर पुन मगर (खबपु) लगायतको समेत अभिनय छ।
यसै फिल्मबाट तेरिया मगरले अभिनेत्रीका रुपमा डेब्यु गरेकी हुन्। जनक घर्ती मगर फिल्मका निर्माता हुन् ।
जीएम मुभिज प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो फिल्मको सम्पादक लोकेश बज्राचार्य, छायाकार शिशिर बिशंखे हुन्। फिल्मको वितरण आरआर फिल्म्सले गर्दैछ।



