मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
रहेनन् जर्मन दार्शनिक जुर्गेन हाबर्मास – Pradesh Dristhi
देश

रहेनन् जर्मन दार्शनिक जुर्गेन हाबर्मास

प्रसिद्ध जर्मन दार्शनिक तथा सामाजिक समालोचक जुर्गेन हाबर्मासको ९६ वर्षको उमेरमा निधन भएको छ । द्वितीय विश्वयुद्धपछिको जर्मनीका सबैभन्दा प्रभावशाली सार्वजनिक बौद्धिकमध्ये एक मानिने हाबर्मासको निधनको खबर शनिबार उनको प्रकाशक सुहक्र्याम्पले पुष्टि गरेको हो ।

सन १९२९ जुनमा डसेलडोर्फमा जन्मिएका हाबर्मासले दर्शनशास्त्र अध्ययन गरी मारबर्ग विश्वविद्यालयबाट विद्यावारिधि गरेका थिए । त्यसपछि उनले फ्र्याङ्कफर्ट विश्वविद्यालयअन्तर्गतको सामाजिक अनुसन्धान संस्थानमा अध्यापन र अनुसन्धान सुरु गरेका थिए ।

उनी फ्र्याङ्कफर्ट स्कूलका प्रमुख विचारक मानिन्थे । यो बौद्धिक समूहले पुँजीवादी समाजको आलोचना गर्दै आलोचनात्मक सिद्धान्तको विकास गरेको थियो ।

हाबर्माससँगै म्याक्स होर्कहाइमर र थियोडोर एडोर्नो पनि यस धाराका प्रमुख प्रतिनिधि थिए । १९६० को दशकमा उनले पश्चिम जर्मनीका विश्वविद्यालयहरूमा चलेको विद्यार्थी आन्दोलनलाई खुलेर समर्थन गरेका थिए । उनी नाजी जर्मनीको समयमा हुर्किएका थिए र पछि जर्मनीको इतिहास, विशेषगरी होलोकास्टको विषयमा भएको बहसमा सक्रिय रूपमा सहभागी भएका थिए ।

हाबर्मासको सबैभन्दा प्रभावशाली कृति द थ्योरी अफ कम्युनिकेटिभ एक्शन (१९८१) हो । यस पुस्तकमा उनले समाजको स्थायित्व राजनीतिक वा आर्थिक शक्तिले मात्र होइन, तर्कपूर्ण संवाद र सार्वजनिक बहसको क्षमताले कायम राख्छ भन्ने तर्क प्रस्तुत गरेका छन् । १९९० को दशकमा उनले एकीकृत युरोपको वकालत गर्दै राष्ट्रवादको पुनरुत्थान रोक्नका लागि युरोपेली एकता आवश्यक भएको बताएका थिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker