मिति: १५ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
वाणिज्य विभागले निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क माग्याे, धेरै मूल्यमा बेच्नेमाथि निगरानी – Pradesh Dristhi
देश

वाणिज्य विभागले निगमसँग ग्यास आयात र बिक्रीको तथ्याङ्क माग्याे, धेरै मूल्यमा बेच्नेमाथि निगरानी

काठमाण्डाै – विश्व बजारमा ग्यासको अभाव र मूल्यवृद्धिसँगै यसको असर नेपालमा पर्न सक्ने जोखिम बढेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग आयात र बिक्रीको तथ्याङ्क मागेको छ ।

अभावको समस्या समाधान गर्न निगमलाई मन्त्रालयस्तरमा एउटा ठोस कार्ययोजना पेस गर्न र सबै सरोकारवालासँग छलफल गर्न निर्देशन दिइएको विभागका निर्देशक नरहरि तिवारीले बताउनुभएको छ ।

उपभोक्ताले सहजै ग्यास पाउन नसकेको झन्डै दुई महिना भइसकेको छ । उपभोक्ता मर्कामा परेका छन् । तर निगमले ग्यासको आपूर्तिमा अहिलेसम्म कुनै समस्या नरहेको दाबी गर्दै आएको छ । ग्यास अभाव नभएको भने पनि केही बिक्रेताले निगमले तोकेको प्रतिसिलिन्डर १ हजार ९१० रुपैयाँभन्दा धेरै मूल्यमा ग्यास बिक्री गरिरहेका छन् ।

निगमका प्रवक्ता मनोज ठाकुरले बजारमा मागअनुसार ग्यास आपूर्ति भइरहेको र कृत्रिम अभाव सिर्जना गर्ने र बढी मूल्य लिने बिक्रेतामाथि कडा निगरानी भइरहेको बताउनुभएको छ । धेरै मूल्य लिने बिक्रेतालाई कारबाही गर्ने अधिकार वाणिज्य विभागसँग रहेको र त्यसका लागि जानकारी गराएको पनि उहाँले बताउनुभयो ।

ठाकुरका अनुसार ग्यास वितरणलाई पारदर्शी बनाउन निगमले हिजो उद्योगी र बिक्रेतालाई बोलाएर निर्देशन पनि दिएको छ । यसअनुसार अबदेखि ग्यास उद्योगीले कुन बिक्रेता (डिलर) लाई कति ग्यास पठाएको हो, त्यसको स्पष्ट रेकर्ड राख्नुपर्नेछ । त्यस्तै बिक्रेताहरूले पनि कुन उपभोक्तालाई ग्यास बिक्री गरेको हो, उनीहरूको नाम र फोन नम्बरसहितको विवरण अनिवार्य रूपमा राख्नुपर्ने व्यवस्था गरिएको छ ।

निगमले अहिले होटल तथा औद्योगिक प्रयोजनभन्दा ‘घरायसी प्रयोजन’ लाई पहिलो प्राथमिकतामा राखेर ग्यास वितरण गर्न उद्योगीलाई निर्देशन दिएको छ । ग्यासको मौज्दात नराख्न र आवश्यकताका आधारमा मात्र वितरण गर्न भनिएको छ । उपभोक्तालाई पनि अनावश्यक मौज्दात नगर्न भनिएको छ ।

 

अन्तिम अपडेट: फागुन २७, २०८२

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker