मिति: ११ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
कास्की-१ मा रास्वपाका गनेस पौडेल विजयी – Pradesh Dristhi
देश

कास्की-१ मा रास्वपाका गनेस पौडेल विजयी

पोखरा ।  कास्की क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका खडकराज पौडेल (गनेस) विजयी भएका छन् । उनी २१ हजार २ सय ९४ मतान्तरले  विजयी भए ।

पौडेलले ३० हजार ४ सय ८१ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी काँग्रेसका तिलक रानाभाटले ९ हजार १ सय ८७ मत ल्याए । तेस्रो भएको नेकपा एमालेका बैनबहादुर अधिकारीले ८ हजार ७ सय ६१ मत पाएका छन् ।

नेपाली कम्युनिष्ट पार्टीका राजकाजी गुरुङ करणले १ हजार ९ सय ९२ मत प्राप्त गरे । हर्क साम्पाङको श्रम संस्कृति पार्टीबाट उम्मेद्वारी दिएका विलबहादुर लामाले ९ सय ५८ मत ल्याउँदा राप्रपाका बाबुराम थापाले ७ सय २७ मत ल्याए ।

उज्यालो नेपाल पार्टीकी मनिषा द्धाले ५ सय ६१ मत ल्याउने बाहेक बाँकी उम्मेद्वारले १ सय मत पनि कटाएनन् । विजयी भएका पौडेल साहित्यमा प्रख्यात छन् । उनी यसअघि अटेरी अभियान मार्फत पोखरा महानगरपालिकाको मेयर चुनाव लडेका थिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker