मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
पर्सा – ३ मा मतगणना सुरु, २४ घण्टा भित्र मत परिणाम आउने – Pradesh Dristhi
देश

पर्सा – ३ मा मतगणना सुरु, २४ घण्टा भित्र मत परिणाम आउने

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–३ को मतगणना प्रक्रिया सुरु भएको छ। शुक्रवार बिहान ९ बजे सम्पन्न सर्वदलीय बैठकपछि केही बेरअघि औपचारिक रूपमा मतगणना कार्य प्रारम्भ गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार निर्वाचन आयोगले निर्धारण गरेको मापदण्ड र पूर्व तयारी अनुसार मतगणना अघि बढाइएको छ । मतगणनालाई व्यवस्थित, निष्पक्ष र पारदर्शी बनाउन आवश्यक सुरक्षा व्यवस्था मिलाइएको प्रशासनले जनाएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी भोला दहलाले मतगणना कार्यलाई तीव्र गतिमा अघि बढाइएको जानकारी दिँदै सबै प्रक्रिया सहज रूपमा सञ्चालन भएमा आगामी २४ घण्टाभित्र अन्तिम मत परिणाम सार्वजनिक गर्ने तयारी रहेको बताए ।

मतगणना स्थलमा प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा निर्वाचन अधिकृतको उपस्थिति रहेको छ । मतगणना निष्पक्ष र व्यवस्थित रूपमा सम्पन्न गराउन प्रशासन तथा सुरक्षा निकाय सक्रिय रूपमा परिचालित रहेका छन् ।

यस निर्वाचन क्षेत्रको नतिजालाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ । उम्मेदवारहरूबिच कडा प्रतिस्पर्धा रहेको भन्दै स्थानीय स्तरमा मत परिणामप्रति उत्सुकता बढेको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker