देश
काठमाडौं १० मा रास्वपाका उम्मेदवारको प्रारम्भिक अग्रता कायमै

काठमाडौं क्षेत्र १० को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ।
अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रदीप विष्टले १८०४ मत पाएका छन्।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार हिमाल कार्कीले ४३९ मत ल्याएका अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन्।
त्यस्तै एमालेका उम्मेदवारले हालसम्म २१९ मत पाएका छन् भने राप्रपाका उम्मेदवार बलराम थापाले १०७ मत पाएका छन्।
नेपाली कम्युनिस्ट पार्टीकी रूपा महर्जनले ३९ मत पाएकी छन्।
प्रकाशित मिति: शुक्रबार, फागुन २२, २०८२ ०२



