मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मकवानपुरमा अझै सुरु भएन मतगणना – Pradesh Dristhi
देश

मकवानपुरमा अझै सुरु भएन मतगणना

मकवानपुर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत मकवानपुरका दुवै निर्वाचन क्षेत्रको मतगणना अझै सुरु हुन सकेको छैन । यसअघि बिहान साढे १० बजेदेखि मतगणना सुरु गर्ने तयारी गरिएको भएपनि विभिन्न प्राविधिक तथा व्यवस्थापकीय कारणले गणना प्रक्रिया सुरु हुन नसकेको हो ।

जिल्लाका क्षेत्र नम्बर १ र २ दुवै क्षेत्रको मतगणना एकै समयमा सुरु गर्ने भनिएको थियो । तर निर्धारित समय बितिसक्दा पनि मतगणना सुरु नभएपछि उम्मेदवार, दलका प्रतिनिधि तथा सर्वसाधारणमा अन्योलता देखिएको छ ।

मतगणना कहिलेबाट सुरु हुने भन्ने विषयमा अहिलेसम्म आधिकारिक समय तय नभएको स्रोतले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयले तयारी भइरहेको र छिट्टै मतगणना सुरु गरिने जनाएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker