मिति: २२ बैशाख २०८३, मंगलवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
भोजपुरमा १२ बजेपछि मतगणना सुरु गरिने तयारी – Pradesh Dristhi
देश

भोजपुरमा १२ बजेपछि मतगणना सुरु गरिने तयारी

भोजपुर । भोजपुरमा  १२ बजेपछिबाट मतगणना सुरु गरिने तयारी भएको छ । मुख्य निर्वाचन अधिकृत नारायणप्रसाद दाहालका अनुसार मतगणनाको समय र प्रक्रियाका बारेमा निर्णय लिन अहिले सर्वदलीय बैठक बसिरहेको छ । ११ बजेदेखि सुरु भएको उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँगको छलफलपछि मतगणनाको औपचारिक समय तय गरिनेछ ।

मुख्य निर्वाचन अधिकृत दाहालले रातोपाटीसँग कुरा गर्दै भने,‘ ‘अहिले हामी उम्मेदवार र उनीहरूका प्रतिनिधिहरूसँग छलफल गरिरहेका छौँ । छलफल सकिएपछि मतगणनाको टुङ्गो लाग्नेछ र हामी तुरुन्तै सूचना जारी गर्नेछौँ । गणनाका लागि आवश्यक प्रतिनिधिहरूको नियुक्ति लगायतका प्राविधिक कामहरू भइरहेका छन् । सबै तयारी पूरा गरी सम्भवतः  दिउँसो १२ देखि मतगणना सुरु गर्ने हाम्रो लक्ष्य छ ।

जिल्लाका सबै क्षेत्रबाट मतपेटिकाहरू सङ्कलन भइसकेको र सुरक्षा व्यवस्था कडा पारिएको निर्वाचन कार्यालयले जनाएको छ

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker