मिति: १८ बैशाख २०८३, शुक्रबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
रौतहटमा आजपाका समानुपातिक उम्मेदवारमाथि आक्रमण, भाच्चियो नाकको हड्डी – Pradesh Dristhi
देश

रौतहटमा आजपाका समानुपातिक उम्मेदवारमाथि आक्रमण, भाच्चियो नाकको हड्डी

रौतहट । रौतहटमा आम जनता पार्टी (आजपा) का समानुपातिक उम्मेदवारमाथि आक्रमण भएको छ ।

प्रभु साह नेतृत्वको पार्टीबाट रौतहट-३ का समानुपातिक उम्मेदवार लालबाबु मन्सुरीमाथि सोमबार साँझ आक्रमण भएको हो ।

चुनावी प्रचार प्रसारको क्रममा गुजरा नगरपालिका वडा नम्बर ६ बेदौउली गाउॅंमा उनीमाथि विपक्षी पार्टीका कार्यकर्ताहरुले आक्रमण गरेका आरोप छ । 

आक्रमणबाट उनको नाकको हड्डी भाच्चिएको छ ।

घाइते मन्सुरीको चन्द्रनिगाहपुर स्थित एक अस्पतालमा उपचारपछि घर लगिएको पारिवारिक स्रोतले जनाएका छन् ।

सोमवार साँझ  प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार पार्टी अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले गुजरा ६ बेदौली गाउँमा घरदैलो कार्यक्रम गरिरहेका  थिए । सोही क्रममा विपक्षी पार्टीका केहि  कार्यकर्ताहरूले डिजे बजाउदै कार्यक्रम बिथोल्न खोजेका थिए ।

त्यही विपक्षी कार्यकर्तालाई सम्झाउन खोज्दा उनीहरुले धक्का दिएको  र एकजना अपरिचित युवकले टाढैबाट लौरोले हान्दा नाकमा लागेर घाइते भएको मन्सुरीले बताए ।

घटना लगत्तै प्रहरी टोली त्यहाँ पुगेर अवस्था साम्य बनाएका  थिए  । प्रहरीलाई देख्नासाथ उनीहरू फरार भएका थिए ।

आक्रमण गर्नेहरूमा जसपा र रास्वपाका स्थानीय कार्यकर्ता रहेको उनको भनाइ छ ।

यसबारे आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker