मिति: २१ फाल्गुन २०८२, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
गोरखामा जिप दुर्घटना, चालकको मृत्यु – Pradesh Dristhi
देश

गोरखामा जिप दुर्घटना, चालकको मृत्यु

१५ फागुन, गोरखा । गोरखाको अजिरकोट गाउँपालिका–१ ताराखोलास्थित कच्ची सडकखण्डमा जिप दुर्घटनामा परेको छ ।

कालिका हाइड्रोपावरको सामान लाने क्रममा बिहीबार राति बा २० च ८२१० नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा परी जिप चालक नुवाकोटको बिदुर गाउँपालिका–६ तलेखुका ४१ बर्षीय जैबहादुर तामाङको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

‘सडकको बीच भागमा जिप पल्टिएको रहेछ,’ डीएसपी राजकुमार श्रेष्ठले भने, ‘त्यही जिपले च्यापिएर चालकको मृत्यु भएको हो ।’

इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक विशाल अधिकारीको कमान्डमा टोली घटनास्थलमा खटिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker