मिति: १८ फाल्गुन २०८२, सोमबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
नौबिसे-नागढुंगा सडक खण्ड निर्माण अन्तिम चरणमा, कति सकियो काम? – Pradesh Dristhi
देश

नौबिसे-नागढुंगा सडक खण्ड निर्माण अन्तिम चरणमा, कति सकियो काम?

धादिङ जिल्लामा निर्माण भइरहेको नौबिसे नागढुंगा सडकको काम अन्तिम चरणमा पुगेको छ।

हालसम्म ८५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। नौबिसे नागढुंगा सडक खण्ड आयोजनाका प्रमुख केशवप्रसाद ओझाका अनुसार नौबिसे नागढुंगा सडक खण्ड अन्तर्गत पहिलो प्याकेजमा १२.५ किलोमिटर सडक र दुई वटा पुल निर्माण गर्नुपर्ने थियो।

सोही बमोजिम आयोजनाले धेरै काम सम्पन्न गरी सकेको छ। आयोजनाले अबको ३५ दिनभित्र तेस्रो तहको कालोपत्रे र खानीखोलामा आकाशे पुल निर्माण गर्नुपर्नेछ। अन्तिम तहको कालोपत्रेको काम सकिएपछि सडक सुरक्षाका मापदण्ड तथा रंगरोगनको काम सुरू गरिने आयोजनाले जनाएको छ।

फागुन २१ मा प्रतिनिधिसभा निर्वाचन र त्यसअघि होली पर्वका कारण काम केही प्रभावित हुन सक्ने आयोजनाको भनाइ छ।

आकाशे पुल निर्माण हुने खानीखोला क्षेत्रमा रहेको टहरा विवादका कारणले पनि केही समय निर्माणमा ढिलाइ भएको छ

आकाशे पुल निर्माण लगायत मुख्य कामहरू ३५ दिनभित्र सक्ने आयोजनाको दाबी छ। सडक निर्माण स्थानीय बासिन्दासँग जोडिएको विषय भएकाले सडक निर्माणको क्रममा एउटै विषयमा समाज विभक्त हुँदा निर्माणमा समस्या हुँदै आएको छ।

आकाशे पुल निर्माणका लागि अधिकांश स्थानीयलाई सार्ने काम सकिएकाले पनि कामले गति लिने विश्वास आयोजनाले लिएको छ।

सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक शहदेव खड्का निर्वाचनका कारणले निर्माणमा केही ढिलाइ हुने बताउँछन्। यसअघि सडकमा रहेका विद्युत पोलका कारण पनि निर्माण कार्य प्रभावित हुँदै आएको थियो। २०७९ बाट निर्माण सुरू गरिएको आयोजना तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो। –न्युज एजेन्सी नेपाल

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker