मिति: १६ फाल्गुन २०८२, शनिबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
चुनावलाई ध्यानमा राखेर खाना पकाउने ग्यासको आयात बढाएको निगमको दाबी – Pradesh Dristhi
Banner Newsताजा समाचारदेशमुख्य समाचारराष्ट्रिय समाचार

चुनावलाई ध्यानमा राखेर खाना पकाउने ग्यासको आयात बढाएको निगमको दाबी

चुनावलाई ध्यानमा राखेर नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको जनाएको छ ।

बजारमा ग्यासको अभाव हुन नदिन भारतीय आयल कर्पोरेसनबाट ग्यासको लोडिङ उच्च दरमा भैरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताउनुभयो । उहाँकाअनुसार हिजो यो वर्षकै सबैभन्दा धेरै परिमाणमा ग्यास लोड भएको छ ।

हिजो एकै दिन एक सय ३८ बुलेट ग्यास लोड भएको निगमका कार्यकारी निर्देशक भट्टले जानकारी दिनुभयो । बजारमा अहिले पनि खाना पकाउने ग्यास सहज पाउन नसकेको उपभोक्ताको गुनासो छ । तर निगमले बाहिर आएजस्तो कुनै अभाव र समस्या नरहेको साथै चुनावको अवधिमा पनि ग्यासको आपूर्ति नियमित नै हुने दाबी गरेको छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker