पत्रकार महासंघ युरोप शाखा अध्यक्ष राई सम्मानित

लिस्वन । नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राई पोर्चुगलमा सम्मानित भएका छन् ।
पोर्चुगलमा ९ वर्षदेखि सामाजिक क्षेत्रमा सक्रिय संस्था ‘ब्रिलियन्टे हिमालय एसोसिएसन कल्चरल नेपाल पोर्चुगल’ ले राईलाई नगद सहित सम्मान गरेको हो ।
तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय राईले पत्रकार महासंघ युरोपलाई चलायमान बनाराखेका कारण सम्मान गरिएको संस्थाका अध्यक्ष दीपक शर्मा खतिवडाले बताए ।
पोर्चुगिज नागरिक पत्रकार राई हाल युरोपियन मुलुक बेल्जियममा बसोवास गर्छन् । राईले नेपाल पत्रकार महासंघ युरोप शाखाको तेश्रो कार्यकालको नेतृत्व गरिरहेका छन्
पोर्चुगल तथा नेपालमा विभिन्न सामाजिक कार्यहरू गर्दै आएको संस्था ‘ब्रिलियन्टे हिमालय एसोसिएसन कल्चरल नेपाल पोर्चुगल’ ले यस वर्षबाट हरेक एक जना व्यक्तिलाई नगद सहित सम्मान गर्ने घोषणा गरेको छ ।
‘हामीले नेपालमा हुने विभिभन्न विपत्तमा समेत यताबाट सयोग गर्ने गरेका छौं । यस वर्षदेखि पत्रकारिता, कृषि, कला, पर्यटन तथा अन्य विविध क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने स्वदेश तथा विदेशमा रहनु नेपालीहरूलाई सम्मान गर्ने अभियानको सुरुवात गरेका छौं,’ बास्तोलाले भने ।



