Uncategorizedअन्तर्राष्ट्रियदेशमधेस प्रदेशशिक्षासूचना / प्रबिधि
सर्वसाधारणका लागि सोपान फर्मास्युटिकल्सको आईपीओ खुल्यो

३ वैशाख काठमाडौं । बिहीबारदेखि आम सर्वसाधारणका लागि सोपान फर्मास्युटिकल्सको प्राथमिक सेयर (आईपीओ) खुलेको छ ।
कम्पनीले अंकित मूल्य १ सयका दरले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत अर्थात् ४२ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।
कम्पनीको आईपीओमा न्यूनतम १० तथा अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारणले वैशाख ८ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्ने बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जनाएको छ ।



