मिति: १० बैशाख २०८३, बिहीबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
यथास्थितिमा निर्वाचनमा जान सकिंदैन : मिराज ढुङ्गाना – Pradesh Dristhi
अन्तर्राष्ट्रियदेशबिचारमधेस प्रदेशशिक्षासूचना / प्रबिधि

यथास्थितिमा निर्वाचनमा जान सकिंदैन : मिराज ढुङ्गाना

कात्तिक, काठमाडौं । जेनजी अभियन्ता मिराज ढुंगानाले अहिलेकै अवस्थामा निर्वाचनमा जान नसकिने बताएका छन् । उनले मुलुकलाई निकास दिन सर्वपक्षीय वार्ता हुनुपर्ने गर्नुपर्ने बताए ।

एक नागरिक समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै जेनजी अभियन्ता ढुंगानाले सर्वपक्षीय वार्तामार्फत मुलुकलाई निकास नदिई यथास्थितिमा निर्वाचनमा जान नसकिने अडान राखेका हुन् ।

‘हामी कुनै पनि तरिकाले निकास नखोजी निर्वाचनमा जानु हुँदैन । यो नेपाली जनतालाई फेयर हुँदैन’ उनले भने, ‘जुन अवस्थाबाट हाम्रो देश गुज्रेको छ, त्यसको लागि न्याय होइन यो ।’

उनले जेनजी आन्दोलनको अर्थलाई सावित गराएर मात्रै मुलुकलाई निकास दिन पनि तत्काल सर्वपक्षीय वार्ता आवश्यक रहेको तर्क गरे । ‘जो पनि जेनजी साथीहरू हुनुहुन्छ । तपाईहरूले सोझै निर्वाचन नभनिदिनुहोला,’ उनले भने ।

यथास्थितिमा निर्वाचनमा जाने कुरा नगर्न जेनजी पुस्ताहरूलाई आग्रह गरेका उनले देश रोइरहेको अवस्थामा निर्वाचनमा जाने कुरा गर्दा यसको स्वाधिनतामाथि प्रश्न चिन्ह खडा हुने चेतावनी समेत दिए ।

‘केही नगरी हामी निर्वाचनमा गयौं भने हाम्रो देश धेरै लामो समयसम्म स्वाधिन रहला भन्ने कुरा पनि क्वेशनएवल हुन्छ,’ उनले भने ।

सर्वपक्षीय वार्ता गरेर मात्रै निर्वाचनमा जानुपर्नेमा उनको जोड छ ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker