मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
सांसद हरि पन्तले वीरगञ्जमा निजी सचिवालय स्थापना, ‘जनताको सेवामा सधैं उपलब्ध हुने’ प्रतिबद्धता – Pradesh Dristhi
देश

सांसद हरि पन्तले वीरगञ्जमा निजी सचिवालय स्थापना, ‘जनताको सेवामा सधैं उपलब्ध हुने’ प्रतिबद्धता

वीरगञ्ज । राजधानी केन्द्रित राजनीति र जनताबाट टाढा हुने प्रवृत्तिलाई तोड्दै पर्सा क्षेत्र नं. १ का सांसद तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले वीरगञ्जमै आफ्नो निजी सचिवालय स्थापना गरेका छन्।

पर्सा–१ का अगुवा नेताहरूको उपस्थितिमा वीरगञ्ज–८ मा आयोजित विशेष समारोहबीच सचिवालयको औपचारिक उद्घाटन गरिएको हो।

उद्घाटनपछि सांसद पन्तले आफू क्षेत्र बाहिर रहँदा पनि जनताका समस्या, कठिनाइ तथा गुनासाहरू तत्क्षण सुन्ने र समाधानमा सहयोग गर्ने उद्देश्यका साथ सचिवालय स्थापना गरिएको बताए। उनले सचिवालय संचालनका लागि सुदिश प्रजापतिको नेतृत्वमा १५ सदस्यीय टिम गठन गरिने उल्लेख गर्दै केही दिनमै टिमलाई पूर्णता दिइ सदस्यहरूको नाम तथा सम्पर्क नम्बर सार्वजनिक गरिने जानकारी दिए

उनका अनुसार जनताले प्रत्यक्ष परिवर्तन अनुभव गर्ने गरी विभिन्न सरकारी कार्यालयहरूलाई स्पष्ट निर्देशन दिइसकिएको छ। यद्यपि अनावश्यक ढिलासुस्ती वा समस्या आएमा सर्वसाधारणले सचिवालयमा राखिने सम्पर्क नम्बरमा जानकारी दिन आग्रह गरिएको छ।

उद्घाटन कार्यक्रममा रास्वपा पर्साका उपसभापति तुल्सा पौडेल, सचिव सुदिश प्रजापति, कोषाध्यक्ष दिलिप कुर्मी, क्षेत्रीय सभापति राम आर्या, महानगर सभापति अमन आलम, सचिव गौतम श्रेष्ठलगायत पार्टीका अग्रज नेता र कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो।

त्यसैगरी नेताहरू युवराज पटेल, दीपेन्द्र मण्डल, रामबाबु सिंह, महबुब आलम, सगिर अन्सारी, विशाल कुमार, सुमित चौरसिया, राजु गुप्ता, दिनेश गुप्ता, राम लामा, त्रिनेश गिरि, पूर्ण सापकोटा, सम्साद आलम, शन्नी गुप्ता, रामेश्वर साह, आलोक मिश्र, सालिक पौडेलसहित उन्नाइस वटै वडाका निर्वाचन परिचालन समितिका संयोजक–उपसंयोजक तथा शुभेच्छुकहरूको सहभागिता रहेको थियो।

कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker