मिति: १६ बैशाख २०८३, बुधबार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
विद्यार्थी युनियन खारेज गर्ने तयारीविरुद्ध देशव्यापी आन्दोलन कार्यक्रम सार्वजनिक – Pradesh Dristhi
देश

विद्यार्थी युनियन खारेज गर्ने तयारीविरुद्ध देशव्यापी आन्दोलन कार्यक्रम सार्वजनिक

वीरगञ्ज ।  विद्यार्थी युनियन खारेज गर्ने सरकारको तयारीविरुद्ध विभिन्न विद्यार्थी सङ्गठनले देशव्यापी आन्दोलनको घोषणा गरेका छन्। शुक्रबार संयुक्त विद्यार्थी सङ्गठनले पत्रकार सम्मेलन गरी चैत २७ गतेदेखि चरणबद्ध विरोध कार्यक्रम सुरु गर्ने निर्णय सार्वजनिक गरेको हो।

सरकारले सय बुँदे सूचीमार्फत विद्यार्थी संगठन खारेज गर्ने संकेत गरेपछि विद्यार्थीहरू आन्दोलनमा उत्रिएका हुन्। घोषित कार्यक्रमअनुसार चैत २९ गते नागरिक अगुवासँग अन्तरक्रिया हुनेछ भने चैत ३० गतेदेखि वैशाख ४ गतेसम्म देशभरका कलेजहरूमा स्ववियु एकाइ तथा जिल्लास्तरीय छलफल र अन्तरक्रिया सञ्चालन गरिने छ।

त्यसपछि वैशाख ५ गते पूर्व विद्यार्थी नेता तथा सांसदहरूसँग अन्तरक्रिया, वैशाख ७ देखि ९ गतेसम्म कलेज–कलेजमा ब्यानर, पर्चा, वक्तृत्वकला, वादविवाद, गीत–गजल, नृत्य, सडक नाटक, फ्ल्यास मोबलगायतका कार्यक्रममार्फत प्रचार–प्रसार तथा हस्ताक्षर सङ्कलन गरिने विद्यार्थी सङ्गठनले जनाएको छ

वैशाख ११ गते विश्वविद्यालयका उपकुलपतिहरूलाई ज्ञापन पत्र बुझाइने र वैशाख १२ गते प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाइनेछ। वैशाख १५ गते भने काठमाडौँ उपत्यकामा बालुवाटारसहित देशभर ‘कापी–कलम’ सहितको प्रतीकात्मक प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।

आन्दोलनसँगै विद्यार्थी सङ्गठनले ७ बुँदे माग पनि सरकारसमक्ष राखेका छन्। विश्वविद्यालयका लागि समर्पित सर्भर तथा डाटा केन्द्रको स्थापना, साइबर सुरक्षा नीति निर्माण, विश्वविद्यालयमा प्रविधि एकीकरणको निगरानी तथा त्रिभुवन विश्वविद्यालयले गठन गरेको उच्चस्तरीय आयोगको प्रतिवेदन तत्काल कार्यान्वयनमा लैजानुपर्ने माग गरिएको छ।

त्यस्तै, कालापानी, लिपुलेक र लिम्पियाधुराबारे सरकारको स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने, पश्चिम एसियामा जारी द्वन्द्वका कारण पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिले जनजीवनमा परेको असर तत्काल न्यूनिकरण गरी राहत प्याकेज घोषणा गर्नुपर्ने माग विद्यार्थीहरूको छ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker