मिति: १३ बैशाख २०८३, आईतवार | इमेल: info@pradeshdrishti.com | फोन: +977 980-2078976
मन्त्रिपरिषद् विस्तार हुँदै, गौरी र रामजी मन्त्री बन्दै – Pradesh Dristhi
देश

मन्त्रिपरिषद् विस्तार हुँदै, गौरी र रामजी मन्त्री बन्दै

२७ चैत, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् ।

दुई जनालाई मन्त्री नियुक्त गर्न लागिएको स्रोतले बताएको छ । यसअघि हिजोमात्रै श्रममन्त्री दिपक साहलाई प्रधानमन्त्री शाहले पदमुक्त गरेका थिए

मन्त्री बन्नेहरूमा रामजी यादव र गौरीकुमारी यादव रहेका छन् । रामजीलाई श्रम र गौरीलाई उद्योग मन्त्रालयको जिम्मेवारी दिन लागिएको हो ।

यसअघि उद्योग मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैं सम्हाल्दै आएका थिए ।

रामजी सप्तरी क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् भने गौरी महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित सांसद हुन् ।

PradeshDristhi

PradeshDristhi is an online news portal that brings you a comprehensive platform to stay informed about latest events, breaking news, and thought-provoking stories from Nepal and the world.

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please off your Ad Blocker